नेपालमा एक हप्तामा ५ नयाँ कार सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

दशैं-तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै गाडी बिक्रेता कम्पनीहरुले विभिन्न किसिमका अफर योजना सहित नयाँ कार बजारमा उतार्न थालेका छन् । गएको एक हप्तामा हुन्डाईले दुई नयाँ कार बजारमा ल्याएको छ भने रेनो, डिएफएसके र टाटाले एक-एक नयाँ कार बजारमा उतारेका छन् । यी ५ कारमा हुन्डाई क्रेटा र डिएफएसके ग्लोरी ५६० एसयूभी हुन् भने रेनो क्वीड इन्ट्री लेवल ह्याचव्याक, टाटा अल्ट्रोज प्रिमियम ह्याचव्याक र हुन्डाई ग्राण्ड आई १० नियोस मिडसाइज ह्याचव्याक कार हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नयाँ जेनेरेशन क्रेटाको
हिसावले हुन्डाई क्रेटाको सुरुवाती मूल्य ४३ लाख ९६ हजारदेखि ६५ लाख ९६ हजारसम्म रहेको छ । कम्पनीले विभिन्न ६ भेरियन्ट र दुई इन्जिन अप्सनसहित क्रेटा बजारमा उतारेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नयाँ एसयूभी ‘ग्लोरी ५६०’
त्यस्तै डिएफएसके ग्लोरी ५६० पनि नयाँ आएको एसयूभी हो । यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेर कम्पनीले बिक्री सुरु गरेको छ ।

टाटा अल्ट्रोज
टाटा अल्ट्रोजलाई विभिन्न ४ भेरियन्टमा टाटाले नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ राखेको छ भने, टप भेरियन्टको मूल्य ३८ लाख ५५ हजार रुपैयाँ राखेर बिक्री सुरु गरेको छ ।

हुन्डाई ग्राण्ड आई १० नियोस
हुन्डाईको नयाँ ग्राण्ड आई १० नियोसपनि बजारमा एक हप्ता भित्रै सार्वजनिक भएको मोडल हो । नियोस पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसको दुई भेरियन्ट मग्ना र स्र्पोटज् नेपाल आएको छ । मग्ना भेरियन्ट अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा उपलब्ध रहेको छ भने स्र्पोटज् भेरियन्ट म्यानुयल गियरबक्समा मात्रै उपलब्ध रहेको छ । मग्ना म्यानुयलको मूल्य ३० लाख ९६ हजार रहेको छ भने, अटोमेटिक मग्ना र स्र्पोटज् भेरियन्टको मूल्य समान ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

रेनो क्वीड फेसलिफ्ट
त्यसैगरि रेनोले नेपाल ल्याएको फेसलिफ्ट क्वीड पनि सार्वजनिक भएको छ । कम्पनीले यसको टप भेरियन्ट आरएक्सटी ९ओ० भेरियन्ट मात्रै नेपाल ल्याएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको छ ।

यी हुन् बुकिङ खुल्ला भएका एसयूभी
कियाले सोनेट सब फोर मिटर एसयूभीको बुकिङ खुल्ला गरेको छ । कम्पनीले ३५ लाख ९० हजारदेखि ५७ लाख ९० हजारसम्म मूल्य निर्धारण गरेर सोनेटको बुकिङ खुल्ला गरेको हो ।

किया सोनेटको ४ भेरियन्ट
त्यसैगरि माज्दाले आफ्नो ३ मोडलका एसयूभीको बुकिङ सुरु गरेको छ । कम्पनीले माज्दा सिएक्स ५ का दुई भेरियन्ट र सिक्स ९ को बुकिङ सुरु गरेको हो । कम्पनीले २।० लिटर इन्जिन युक्त सिएक्स ५ को मूल्य १ करोड २५ लाख ९० हजार र २।८ लिटर इन्जिन युक्त अल ह्वील ड्राइभ मोडलको मूल्य १ करोड ४८ लाख ९० हजार मूल्य तोकेको छ ।

माज्दा सिएक्स ९
माज्दाले सिएक्स ९ मोडलको मूल्य भने १ करोड ६३ लाख ४९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको छ ।

अफरहरु आउँदै
अहिलेसम्म फोर्ड, हुन्डाई र डिएफएसकेले दशैं लक्षित योजना सार्वजनिक गरिसकेका छन् भने अन्य कम्पनीहरुले नयाँ योजना सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु