नेपालमा कोरोना संक्रमण लगभग साउनको अन्तिमतिर फिक्का हुने : प्रधानमन्त्री ओली

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २८, काठमाडौँ। नेपालमा कोरोनाभाइरसको संक्रमण लगभग साउनको अन्तिमतिर फिक्का हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

संघीय संसदमा सम्बोधन गर्ने क्रममा बुधबार प्रम ओलीले साउनदेखि कम हुँदै गएर कार्तिकमा समाप्त हुने जस्तो सम्भावना रहेको बताउनुभयो । ‘तर त्यस्तो नहुन पनि सक्छ । दशैँ(तिहारजस्ता चाडहरु आउनेछन्, जहाँ मानिसहरु विदेशबाट आउछन्,’ उहाँले भन्नुभयो, ‘अब त्यसबाट संक्रमण फेरि फैलन सक्छ । फेरि बढ्न सक्छ । अझै अलिकति लम्बिन पनि सक्छ । यी सम्भावनाहरू पनि हाम्रा अगाडि छन् ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विदेशबाट लाखौँको संख्यामा युवाहरू फर्किने पनि उहाँले बताउनुभयो । ‘हामी वर्षदिनमा रोजगारीका अवसरहरु जति सिर्जना गर्न सक्थ्यौँ, जति हाम्रो समार्थ्य थियो, त्यो हाम्रो सामर्थ्यले अबको समस्याको समाधान गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामीले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत हाम्रा युवाहरुलाई कृषि क्षेत्रतर्फ आर्कषित गर्ने । त्यसतर्फ लिएर जाने ती कामहरु गर्नुपर्छ ।’

त्यसैगरी ठूला उद्योगहरु पनि स्थापना तथा सञ्चालन गर्नु जरूरी रहेको उहाँको भनाइ छ । तर त्यो भन्दा बढी ससाना उद्योगहरु, कृषि आधारित उद्योगहरु, प्याकिङ कारखानाहरु, अरु प्रकारका कारखानाहरु घेरेलु, मझौला त्यस्ता उद्योगहरुका लागि सीप प्रदान गर्ने काम पनि गर्नुपर्ने प्रधानमन्त्रीले बतायनुभयो ।

‘एकैचोटि सबै कामहरु हाम्रा अगाडि आइपरेको छ । यो सोचे जस्तो सजिलो र सोचेजति गतिको साथ हुन सहज छैन,’ उहाँले भन्नुभयो, ‘हामीले तालिम पनि दिनु छ । सुरु गर्नको लागि पुँजी पनि दिनु छ । अवसर पनि उपलब्ध गराउनु छ । त्यसैले हामीले भूमि बैंक स्थापनाजस्ता अनेकौं कामहरु गरिरहका छौँ ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु