नेपालमा डिएफएसकेको ग्लोरी ५६० को बिक्री प्रारम्भ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएफएसके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको बताएको छ । कम्पनीले विगत एक वर्षमा आफूहरुले ग्राहकले दिएको मायाबाट लोभिएको र यसले अझै नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउन आफूहरुलाई प्रेरित गरेको बताएको छ ।भोलिका दिनमा अझै उत्कृष्ट एसयूभी ल्याएर ग्राहकको मन जित्न लालायित भएको बताइएको छ । नयाँ वर्षमा बिक्री शुरु गर्ने लक्ष्य भए पनि कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुन लागेको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल आएको पहिलो वर्ष नै गाडीको मूल्य, मूल्य अनुसारको फिचर र एसयूभी प्रेमी ग्राहकको मन जित्न सफल भएकोमा कुजु नेपालले सरोकारवाला सबैमा धन्यवाद दिएको छ । नेपाली अटोमोवाइल बजार निकै सानो भएको अवस्थामा पनि पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिङ जस्ता अवस्थामा पनि पहिलो वर्ष सफल रुपमा पार गरेको बताइएको छ । आगामी दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडि बढ्ने हौसला प्रदान गरेको कुजु नेपालका संचालक उमिद श्रेष्ठले बताए ।अब नेपाली बजारमा बिक्री गरिने ग्लोरी एसयूभीका विभिन्न फरक विशेषता रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साइज
ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ ।

इन्जिन
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १।५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।

सुरक्षा फिचर
ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

इन्टेरियर र फिचर
ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभर्स क्यामेरा, पुस स्टार्ट÷स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।

वारेन्टी
कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ ।

मूल्य
प्रतिस्पर्धी मूल्यमा बिक्री गर्ने कम्पनीको योजना अनुसार यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु