श्रावण ५, काठमाडौं । नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएका सहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि
- सिम्रिक खबर
- • ६ महिना अगाडि