नेपालमा थप ३ जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमणले नयाँ रेकर्ड बनाइरहेका बेला पश्चिम नेपालमा नयाँ प्रकारको कोरोनाको भाइरस देखिएको छ । नेपालमा पनि पछिल्लो दिनको तुलनामा संक्रमितको संख्या बढ्न थाल्दा भारतबाट स्वदेश आएका तीन जना नेपालीमा नयाँ प्रकारको कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनीहरु हाल होम आइसोलेसनमा बसेका छन् । उनीहरु कैलालीको त्रिनगर नाका हुँदै आएका थिए । सो भाइरस तिव्ररुपमा फैलिन भएकाले सचेत रहनु पर्ने चिकित्सकहरुको सुझाव छ । तर, दैनिक रुपमा भारतबाट भित्रिएका हजारौँ नागरिकलाई व्यवस्थित गर्न सरकारले सकिरहेको छ । जसले जोखिम बढाइरहेको छ । यता स्थानीय प्रशासनले भने नयाँ प्रकारको कोरोना फैलिन नदिन तयारी थालिएको जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतमा पछिल्लो समय एक लाख तीन हजार जनामा कोरोना संक्रमण भएको छ । भारतका विभिन्न राज्यमा लकडाउन लगाइएको छ भने बंगलादेशमा पनि एक साताका लागि लकडाउन गरिएको छ । नेपालमा पनि नयाँ प्रकारको कोरोनाभाइरस देखिएको भए पनि सरकारले लकडाउन गर्ने कि नगर्ने विषयमा निर्णय गरिसकेको छैन । तर, सावधानी अपनाउन भने आग्रह गरेको छ । भक्तपुरको चर्चित बिस्केट जात्रालाई यस वर्ष पनि रोक लगाइसकेको छ । विस्तारै धार्मिकसहित भीडभाड हुने क्षेत्रमा स्थानीय प्रशासनले कडाइ गर्ने देखिए पनि लकडाउन नै हुने सम्भावनाबारे केन्द्रीय सरकारले कुनै निर्णय गरिसकेको अवस्था छैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु