काठमाडौं । नेपालमा आज थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भ्एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४१११ जनाको गरिएको पीसीआर परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ८ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको पनि मृत्यु भएन । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ । गत २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरमा १ र ललितपुरमा २ गरी उपत्यकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
Advertisements



JUNGLE






from the
city


