नेपालमा दुई महिनामै साढे ६ लाखले बढे इन्टरनेट प्रयोगकर्ता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

नेपालमा कुल जनसंख्याको ७४.४३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने तथ्य आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्टमा दुई करोड २२ लाख ३७ हजार पाँच सय ६७ जनाले इन्टरनेट चलाउने उल्लेख छ । यो गत असार मसान्तसम्मको तथ्याकं हो । यसअघि जेठ महिनामा कुल दुई करोड १८ लाख तीन हजार तीन सय ४५ ले इन्टरनेट चलाएको प्रतिवेदन एनटीएले निकालेको थियो । त्यस्तै प्राधिकरणले वैशाख मसान्तसम्म दुई करोड १५ लाख ७६ हजार पाँच सय ७७ जनाको पहुँचमा इन्टरनेट पुगेको तथ्यांक ल्याएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअनूरूप वैशाखदेखि असार मसान्तसम्म २.२१ प्रतिशत अर्थात् ६ लाख ६० हजार नौ सय ९० ले इन्टरनेट प्रयोगकर्ता बढेका छन् । जेठदेखि असार मसान्तसम्म १.४५ प्रतिशतले इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको छ । पछिल्लो प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्डतर्फ सबैभन्दा बढी ५५.३० प्रतिशतले इन्टरनेट चलाउँछन् । त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड)तर्फ १८.३५ प्रतिशत र फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस) तर्फ ०.३९ प्रतिशतले इन्टरनेट चलाउँछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कुल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमका एक करोड आठ लाख २५ हजार आठ सय ५४ ग्राहक रहेका छन् । त्यसैगरी दोस्रो स्थानमा रहेको एनसेलको ६७ लाख १० हजार चार सय ८८ ग्राहक रहेका छन् । त्यस्तै इन्टरनेट सेवा प्रदायकहरुले कुल ४४ लाख ९८ हजार ७७ जना ग्राहक बनाएका छन् । आईएसपीतर्फ सबैभन्दा बढी वर्ल्डलिंकका तीन लाख ७५ हजार आठ सय ३३ ग्राहक रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु