काडमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३० जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ र मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा जनाको १३ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185