नेपालमा बजाज पल्सरको एकछत्र राज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 3.5K
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

बजाज मोटरसाइकलले सन् २००१ बाट पल्सको उत्पादन सुरु गरेको थियो । पल्सरले आफ्नो २० वर्ष पुरा गरेको छ । २० वर्षको दौरानमा पल्सरका बिभिन्न सिरिज बजारमा आए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१५० सीसी क्षमताको इन्जिन भएको पहिलो स्पोटर्स मोटरसाइकलको रुपमा बजारमा आएको पल्सर नेपालमा पनि सन् २००१ बाटै बिक्री सुरु भएको हो । नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनीले शुरुवाती दिनदेखि नै बजाज नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ । पल्सर नेपालमा आएपछि बजाज ब्राण्डभन्दा पनि पल्सर ब्राण्डको रुपमा विकास हुँदै गयो । नेपाल लगायत विश्वका ७० भन्दा बढी देशमा बिक्री हुने पल्सर भारतीय उत्पादक बजाज अटोले बजारमा ल्याएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अहिले पल्सर सिरिजमा १२५, १५०, १६०, २०० र २२० सीसी क्षमताका मोटरसाइकल बिक्री वितरण हुँदै आएका छन् । यस अघि पल्सर १३५ र १८० पनि नेपालमा बिक्री हुने गरेको थियो । अहिले विश्वभर १ करोड २५ लाख यूनिट पल्सर गुडिरहेको बजाज अटोले जनाएको छ । नेपालमा पनि सबैभन्दा बढी पल्सर नै गुड्ने गरेको छ । बजाजले विश्वको स्पोटर्स मोटरसाइकल सेग्मेन्टमा करिब ४२ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ । नेपालमा पल्सर १५०, पल्सर एनएस २०० र पल्सर २२० एफ सर्वाधिक सफल मोडल हो ।

कम्पनीले सन् २००१ मा पल्सर १५० र पल्सर १८० लाई बजारमा ल्याएको थियो । सुरुमा परम्परागत डिजाइनको राउन्ड हेडल्याम्पको साथ बजारमा आएको पल्सरमा एयर कुल्ड सिंगल सिलिण्डर टु भल्भ इन्जिन दिएको थियो । ‘डेफिनेट्ली मेल’ स्लोगनसँगै आएको पल्सरले बजारमा नयाँ बेञ्चमार्क राख्न सफल भएको थियो । त्यसलाई कम्पनीले सन् २००३ मा अपग्रेड गरेको थियो । ट्वीन पाइलट हेडल्याम्प र डिटिएसआई इन्जिनको साथ आएको पल्सरको पावर समेत बढेको थियो ।

सन् २००४ मा कम्पनीले यसलाई पुनः अपग्रेड गर्यो । १७ इन्चको अलोय ह्वील र ट्वीन निट्रो शक एब्जर्वरको साथ आएको पल्सर १५० पहिलो भन्दा आरामदायी र आकर्षक बनेको थियो । सन् २००६ मा पल्सर १५० को तेस्रो अपग्रेड भयो । कम्पनीले पहिले भन्दा बढी परिमार्जन सन् २००६ मा नै गरेको हो । कम्पनीले यसमा फुल डिजिटल स्पीडोमिटर र इन्जिन किल स्वीचको प्रयोग भएको थियो । अध्यारोमा पहिलेभन्दा राम्रो प्रकाशको लागि व्याकलाइट स्वीच यसमा दिइएको थियो । आफै निभ्ने टर्न इन्डिकेटर, आरपीएम सिफ्ट लाइट जस्ता फिचर समाबेस भएर आएसँगै पल्सर १५० को क्रेज निकै बढेको थियो ।

त्यसपछि सन् २००७ मा पल्सर सिरिजमा २०० डिटिएसआई र २२० डिटिएसआई एफआई इन्जिनमा दुई मोडल बजारमा आए । पल्सर २०० डिटिएसआई र २२० एफआई दुबैमा आयल कुल्ड इन्जिन दिइएको थियो । कम्पनीले सन् २००९ मा १३५ सीसी क्षमताको पल्सर बजारमा ल्याएको थियो । नेपाली बजारमा पनि सार्वजनिक भएको पल्सर १३५ खासै सफल हुन सकेन । यसमा अगाडि चक्कामा डिस्क ब्रेक दिइएको थियो ।

कम्पनीले सन् २०१२ मा पल्सर एनएस २०० बजारमा ल्याएको थियो । सार्प डिजाइनमा आएको पल्सर एनएसमा ग्यासचार्ज मोनोसक दिइएको थियो । सन् २०१५ मा यसकै आर २०० बजारमा आएको थियो । बजाज अटोले सन् २०१७ मा पल्सर एनएस १६० बजारमा ल्यायो । जुन अहिलेपनि बजारमा उपलब्ध रहेको छ ।

कम्पनीले आफ्नो सबैभन्दा कान्छो पल्सरको रुपमा पल्सर १२५ बजारमा ल्याएको छ । यसलाई कम्पनीले सन् २०१९ मा बजारमा ल्याएको हो । यसको नेपालमा पनि बिक्री सुरु भइसकेको छ । बजाजको सर्वाधिक सफल तीन मोडलमा पल्सर १५०, पल्सर एनएस २०० र पल्सर २२० एफ रहेका छन् । यसका अलावा पछिल्लो दिनमा आएको पल्सर १२५ पनि सफल हुँदै गएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
20
+1
3
+1
0
+1
7
+1
1
+1
1
+1
1

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु