नेपालमा बिएमडब्ल्यूको आधिकारीक विक्री सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यूको औपचारिक बिक्री सुरु गरेको छ । कोभिड १९ को संक्रमण र लकडाउनको कारण गाडी बिक्री सुरु गरेपनि औपचारीक कार्यक्रम भने हुन सकेको थिएन । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु भएको हो । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेर अगाडि बढेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बिएमडब्ल्यूको औपचारिक कार्यक्रममा बोल्दै लक्ष्मी प्रिमियम मोटर्सका कार्यकारी निर्देशक निराकार श्रेष्ठ भने ‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ । ’

कम्पनीले गाडीको शोरुम निकै उत्कृष्ट बनाएको छ । उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ सहितको शोरुममा विभिन्न ४ मोडलका कारको प्रदर्शनी गरिएको छ । अर्कोतर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने कम्पनीको दाबी छ । अहिलेको विषम परिस्थितिमा ‘कनट्याक्ट लेस’ टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने छन् । टेष्ट ड्राइभमा छनोट भएको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरिने कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको लक्ष्मी प्रिमियमले जनाएको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने अपेक्षा गरेको छ । बिएमडब्ल्यू बंगलादेशले सन् २०१८ मा बिएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड, २०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बिएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड, २०१३ र २०१४ सर्बोत्कृष्ट विक्रीपछिको सेवा अवार्ड, २००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’ र २००४ मा ‘वेष्ट बिएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु