कोरोना भाइरसका गम्भीर प्रकारका बिरामीमा प्रयोग गरिने रेम्डेसिभिर र प्लाज्माथेरापीको असर निकै कम देखिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाका गम्भीर बिरामी ३ सय ५५ जनामा गरेको अध्ययनको प्रारम्भिक रिपोर्टले कोरोनाका गम्भीर प्रकारका बिरामीमा प्रयोग गरिने रेम्डेसिभिर र प्लाज्मा थेरापीको साइड इफेक्ट निकै कम रहेको देखिएको पाइएको हो । अध्ययनमा संलग्न अध्ययनकर्ता प्रा। डा. जनक कोइरालाले सेप्टेम्बरसम्मको तथ्यांकअनुसार ३ सय ५५ जना कोरोनाका आईसीयू र भेन्टिलेटरमा राखिएका गम्भीर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको थियो तर त्यसको असर खासै नदेखिएको बताए । उनले भने, “अक्सिजन दिनुपर्ने निमोनिया भएका बिरामीलाई रेम्डेसिभिर एक डोज दिँदा मृत्युदर घटेको देखियो ।”


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्लाज्मा अक्सिजन दिएका बिरामीलाई दिँदा खासै फरक नदेखिएको उनले जानकारी दिए । उनका अनुसार रेम्डेसिभिरले अन्य देशहरुमा ठूलो प्रतिशतमा असर देखिएको छ तर नेपालमा ५ प्रतिशतभन्दा कम संक्रमितमा मात्र साइडइफेक्ट देखिएको छ । उनले भने, “रेम्डेसिभिर दिएका बिरामीमा ४।८ प्रतिशतमा सामान्य असर देखिएको छ ।” उनका अनुसार औषधिको प्रयोग गर्न छोडेपछि त्यसको असर आफैँ हटेर गएको देखिएको छ । यसैगरी प्लाज्मा दिएका ९२ जनामा अनुसन्धान गरिएको थियो तर त्यसको पनि खासै असर लामो समयसम्म नदेखिएको उनले बताए । उनले भने, “प्लाज्मा दिइसकेपछि औषधि दिएपछि निको भएको देखिएको छ ।” आईसीयू र भेन्टिलेटरमा भर्ना भएका संक्रमितलाई रेम्डिसिभिर र प्लाज्मा थेरापी दुवै दिँदा उपचार प्रभावकारी देखिएको अध्ययनले जनाएको छ ।



JUNGLE






from the
city



रेम्डेसिभिर र प्लाज्मा थेरापीले कोरोनाको मृत्युदर समेत घटाउन मद्दत गरेको अध्ययनकर्ता डा। कोइरालाको भनाइ छ । १२ वटा अस्पतालबाट सुरु गरिएको अध्ययन अहिले ५० वटा अस्पतालमा चलिरहेको उनले बताए । हाल एकहजार २ सय जना संक्रमितको तथ्यांक संकलन सकिए पनि विश्लेषण गर्ने काम भइरहेको उनले थप जानकारी दिए ।