नेपालमा सामसुङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि-बुकिङ्ग खुल्ला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

सामसुङले ग्यालेक्सी नोट २०, नोट २० अल्ट्राको प्रि(बुकिङ्ग खुला गरेको छ । काम गर्न र गेम खेल्न थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्ने प्रो(गेमहरु पनि खेल्न सकिने कम्पनीले जनाएको छ । यो फोन नोट पारखीलाई लक्षित गरी निर्माण गरिएको जनाइएको छ । “नेपालमा, हाम्रा नोट फोनका निष्ठावान् ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन, यसको शक्ति एवं सहजता सबैभन्दा उत्कृष्ट छ ।
ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्राले अझै बढी सहजता एवं स्वतन्त्रता प्रदान गर्दछ,” सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए । यसै वर्ष ग्यालेक्सी नोट २० अल्ट्रा नेपाली बजारमा ल्याउने उनले बताए ।
सामसङको लेटेस्ट नोट सिरिजमा एड्भान्स एस पेन, फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडीयाहरुलाई सेयर गर्न, कम्प्युटरबाट पनि एक्सेस गर्न सकिने, मल्टिटास्किङ सुविधा, शक्तिशाली गेमिङ, सिनेम्याटिक(स्टाइलमा फिलिम बनाउन सकिनेलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी नोट २० को नेपाली बजार मूल्य एक लाख १० हजार र ग्यालेक्सी नोट २० अल्ट्राको एक लाख ४० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यी फोन साउन २८ गतेदेखि भदौ १२ सम्म सामसुङ ब्रान्डसपमार्फत तथा रिटेल स्टोरहरुबाट बुकिङ गर्न सकिनेछ ।
अग्रिम अर्डर गर्नेलाई एकपटकको टुटफुटमा एनएलजी इस्योरेन्सबाट एक वर्षको बिमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (ईएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुने जनाइएको छ । यस्तै अर्को स्टोर तथा आईएमएस स्मार्टमार्फत सामसङ स्मार्टफोन एक्स्चेन्ज गर्ने सकिने सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
साथै अग्रिम अर्डर गर्ने लक्की ड्रका लागि स्वतः योग्य हुने र विजेताहरुले टर्किस एयरलाइन्सको तर्फबाट ईयूका देशहरुमा दुइतर्फी बिजनेस क्लास टिकेट, दोस्रो, तेस्रो ता चौथो हुनेले ग्यालेक्सी बन्ड पाँचौं र छैटौं हुनेले हिमालयन फ्रन्ट होटेल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्टमध्ये एकमा दुई रात बसाइ एक जोडीलाई बीएन्डबीको बेसिसमा पाउने जनाइएको छ । सातौं भाग्यशाली विजेताले लेट मी इनका तर्फबाट १० हजारबराबरको कुपन पाउनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु