हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बहुप्रतिक्षित ब्रान्ड हस्कभर्ना सार्वजनिक गरेको छ । कम्पनीले हस्कभर्नाका दुई मोडलसहित नया ब्रान्ड लन्च गरेको हो । कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन २५० स्वीडेन मूलको अग्रणि प्रिमियम मोटरसाइकल लन्च गरेको हो । हस्कभर्ना मोटरसाइकल नेपालमा केटीएम मोटरसाइकलको शोरूमबाट नै बिक्री गर्ने कम्पनीले जनाएको छ । हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग आर्कषक स्विडेनी डिजाइनमा निर्माण भएको मोटरसाइकल रहेको हो, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा भिन्न रहेको छ । स्भर्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्सका साथै यसमा डुअल पर्पज टायर दिइएको छ । भिटपिलन २५० मा स्पोर्टी डिजाईन, क्लिप ह्याण्डलबार र फ्रन्ट लीन राइडिंग पोजिसन दिइएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यी दुबै मोटरसाइकलमा २५० सीसीले फ्यूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल-सिलिन्डर, ४-स्ट्रोक डीओएचसी इन्जिन रहेको छ । जसले उच्च गतिमा इञ्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । भिट्पिलेन २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९।५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ । यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ । यी दुबै मोटरसाइकलको सिमित समयावधिका लागि ५ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।



JUNGLE






from the
city


