नेपालमा ९८ जना कोरोना संक्रमित आइसीयु र ४ जना भेन्टिलेटरमा उपचारत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

श्रावण ३०, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कोरोना संक्रमितमध्ये ९८ जनाको आइसीयु र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत ९८ जना संक्रमित आइसीयु र ४ जना भेन्टिलेटरमा उपचारत रहेको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका व्यक्तिहरुको उपचारका लागि देशभर ९४२ वटा आइसीयु रहेका छन् । यस्तै ४९६ वटा भेन्टिलेटरहरु तयारी अवस्थामा छन् ।
डा गौतमका अनुसार नेपालमा शुक्रबार मात्र ५९४ जनामा कोरोनाका नयाँ संक्रमति थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।
हालसम्म १७ हजार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभरका आइसालेसनमा ७ हजार ९१३ जना कोरोना संक्रमित उपचारत छन् ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु