नेपालमै बसेर विश्व व्यापार गर्न सक्षम नीति तथा पूर्वाधार निर्माणमा काम गरिरहेका छौं : मन्त्री गुरूङ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

नेपालमै बसेर विश्व व्यापार गर्न सक्षम नीति तथा पूर्वाधार तयार पार्न सरकारले काम गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । विश्वका शीर्ष धनाढ्यहरु सूचना प्रविधिकै व्यवसायबाट माथि आएको बताउँदै उनले नेपालमा पनि आईटी क्षेत्रमा लगानी गर्न मैत्रीपूर्ण वातावरण तथा पूर्वाधार तयार गर्ने काम भइरहेको उनले बताएका हुन् । शुक्रबार जारी ई-बिजनेश पोलिसी फोरममा बोल्दै मन्त्री गुरुङले सरकारको डिजिटल नेपालको अभियानलाई सफल बनाउन ईकमर्शलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आईटी क्षेत्रमा आवश्यक नीति तथा कानूनमा परिमार्जन गर्न जुटेको आफ्नो मन्त्रालयले सरोकारवालाहरुलाई समावेश गर्ने समेत उनले आश्वासन दिए । सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले महासंघको भिजन पेपरमा समेत अब ई-कमर्शलाई प्राथमिकतामा राख्ने बताए । उनका अनुसार चार लाख युवालाई रोजगारी प्रदान गर्ने मुख्य उद्देश्य राखिएको सो भिजन पेपरमा ई-हाटलाई मुख्य प्राथमिकतामा राखिएको छ । ई-हाट बाहेक स्मार्ट सिटीको अवधारणा, पेमेन्ट गेटवेलाई समेत प्राथमिकतामा राख्ने उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु