नेपालले नक्सा जारी गरेपछि निम्तिएको परिस्थितीलाई वार्ताद्वारा सल्ट्याइने भारतिय रक्षामन्त्रीको भनाई

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमलाई भर्चअुल सम्बोधन गर्दै नेपालसँगको सम्बन्ध विशेष रहेको बताएका छन् । उनले लिपुलेकमा सडक निर्माण र नेपालले नक्सा जारी गरेपछि निम्तिएको परिस्थितीलाई वार्ताद्वारा सल्ट्याइने बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालसँग हाम्रो सम्बन्ध निकै गहिरो छ । दुबै देशबीचको सम्बन्ध सामान्य होइन र हामी रोटी–बेटीको सम्बन्धमा बाँधिएको छौं । दुनियाँको कुनै पनि शक्तिले यसलाई तोड्न सक्दैन,’ सिंहले भने । उनले भारतको रक्षाका लागि गोर्खा सैनिकले अदम्य साहस देखाएको भन्दै त्यसको तारिफ पनि गरे । उनले नेपाल र भारतबीच भौगोलिक र सामाजिक मात्रै नभएर आध्यात्मिक सम्बन्ध समेत रहेको औंल्याए । ‘नेपालसँग हाम्रो भौगोलिक, ऐतिहासिक र सामाजिक सम्बन्ध मात्रै होइन आध्यात्मिक सम्बन्ध पनि छ । कसरी हामी पशुपतिनाथलाई बिर्सन सक्छौं रु कसरी बाबा अमरनाथ, सोमना र काशीबाट नेपाल अलग हुनसक्छ रु यो सम्बन्ध यस विश्वको होइन पुरै फरक विश्वको हो,’ उनले भने ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

८ मेइमा भारतका रक्षामन्त्री सिंहले नै भिडियो कन्फ्रेसिङमार्फत लिपुलेक सडकको उद्घाटन गरेपछि नेपाल र भारतबीच विवाद सुरु भएको थियो र त्यसको १० दिनपछि सरकारले जारी गरेको नक्सालाई गत शनिबार प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । नेपाली पक्षले लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गरेसँगै भूभाग फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्न तयारी गरेको छ । तर, नेपालले पारित गरेको नक्साबारे भारतीय विदेश मन्त्रालयले भने आपत्ति जनाएको थियो । नेपालले जारी गरेको नक्सा अस्विकार्य हुने र यसले वार्ताको माहोल बिग्रिएको भन्दै भारतले विज्ञप्ति निकालेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु