नेपाली कांग्रेस: पार्टी नेता विरुद्ध बोले कडा कारबाही

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 264
  •  
  •  
  •  
  •  
    264
    Shares

विदेशमा बसेर पार्टी नेतालाई गालीगलौज गर्ने विरुद्ध नेपाली कांग्रेसले कारबाही सुरु गरेको छ । सामाजिक सञ्जालमार्फत् पार्टी र नेताको व्यक्तिगत छविमा समेत आँच आउने अभिव्यक्ति दिने विरुद्ध कांग्रेसले कारबाही सुरु गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाली कांग्रेसले जनसम्पर्क समिति बेल्जियमकी संयोजक सीता सापकोटालाई पार्टी अनुशासन विरुद्ध गतिविधि गरेको भन्दै लिखित स्पष्टिकरण मागिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सापकोटाले पार्टी नेता विमलेन्द्र निधिलाई मधेशीको मतियार भएको आरोप लगाएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन् । सापकोटाले पटक–पटक पार्टीको निर्णय र निर्देशनलाई अपहेलना गर्दै आएको आरोप लागेको छ । उनले नेता निधिले पार्टी र सभापति देउवालाई सिध्यायको भन्दै आफ्नो फेसबुकमा स्ट्याटस लेखेपछि उनीविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको थियो । सापकोटा विरुद्ध नेपाली जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुगंले पार्टीमा उजुरी दिएका थिए ।

गत साता नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति विष्णु सुवेदीले जुम बैठकमा पार्टी सभापतिबिरुद्ध गाली गलौजमा उत्रेपछि उनलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले पार्टीको महासमिति सदस्यबाट निलम्वन गर्न सिफारिस गरेको थियो ।

बिभिन्न देशमा रहेका भातृसंस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरु अराजक देखिएपछि पार्टीले कारबाही सुरु गरेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु