सााओमीले नेपाली बजारमा नयाँ रेड्मी ईयरफोन सार्वजनिक गरेको छ । यो रेड्मी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो । साओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको थियो । इकोसिस्टम उत्पादनको फोर्टफोलियो ईकोस् अन्तर्गत ब्राण्डले पहिले नै मी टु वायरलेस ईयरबड्स, मी ईनईयर हेडफोन बेसिक र मी ईयरफोन सार्वजनिक गरिसकेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
हालै नेपालमा रेड्मी ब्राण्ड अन्तर्गत पहिलो अडियो-रेड्मी ईयरबड्स एस सार्वजनिक गरिसकेको छ र अब हाई-रेस प्रमाणित रेड्मी ईयरफोन पनि बजारमा आएको छ । हाई-रेस अडियोद्वारा प्रमाणित रेड्मी ईयरफोनको प्रयोगले प्राकृतिक र यर्थाथपरक सुन्ने अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । यसको १० एमएमको साउन्ड ड्राइभरले स्पस्ट भोकल प्रदान गर्छ । साथै रेड्मी ईयरफोनले ह्यान्डस्फ्री-कलिंग सुविधाका लागि इन-लाइन-माइक पनि प्रदान गर्दछ ।



JUNGLE






from the
city



यसको मल्टी फंसनले ईयरफोनबाट कल र गीत नियन्त्रण सक्षम गर्दछ । रेड्मी ईयरफोन उच्च गुणस्तरको सुक्ष्म एल्मुनियम धातुबाट तयार गरिएको छ र सिलिकन ईयरप्लगको यसको साथमा आउँदछ । यो ३।५ एमएम मापदण्डमा आधारित यसमा १।२५ मिटर लामो केबल रहेको छ । रेड्मी ईयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मुल्य ७४९ रुपैयाँ रहेको छ र देशभरका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा यो छिट्टै उपलब्ध हुनेछ ।