नेपाली बजारमा पोको एम टु स्मार्टफोन सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

नेपाली बजारमा पोको एम टु स्मार्टफोन सार्वजनिक भएको छ । अनलाइन ईभेन्ट मार्फत पोको एम २ नेपालमा सार्वजनिक भएको हो । यसमा फुल एचडी प्लस रिसोलुसन सहित ६।५३ इन्च आईपीएस डिस्प्ले रहेको छ । यसको डिस्प्ले कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ । पोको एम टुमा मिडिया टेकको हेलियो जी चिपसेट प्रयोग गरिएको छ । पोको एम २ नेपाली बजारमा ६ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेजको साथमा उपलब्ध रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । पोको एम २ मा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेल म्याक्रो सेन्सर र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ । भने ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । फोनमा फिंग्रप्रिन्ट तथा फेस अनलकको सुविधा उपलब्ध छ । यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जसले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । पोको एम टुको मूल्य नेपाली बजारमा १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु