नेपाली बजारमा फोटोन टुनल्याण्ड पीक अपको बिक्री सुरु हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

फोटोन टुनल्याण्ड पीक अप नेपाली बजारमा बिक्री सुरु हुने भएको छ । एमएडब्ल्यू वृद्धिले नेपाली बजारमा ल्याएको फोटोन टुनल्याण्ड पावरफुल पीकअप हो । सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्याण्ड पीकअप नेपालमा बिक्री सुरु हुन लागेको हो । जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्स्सँग सहकार्य गरेको छ । यसले डिजेल इन्जिनमा फोटोनका पीकअपहरु निकै शक्तिशाली रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टुनल्यान्ड पीकअपले १ हजार किलोग्रामको भार बहन क्षमता राख्छ । कम्पनीले यसमा २.८ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले ११३ ब्रेक हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क २८० एनएम रहेको छ । फोर वाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । यसमा दिइएको कार्गो एरियाको लम्बाई १५२० एमएम, चाडाई १५८० एमएम र उचाई ४४० एमएम रहेको छ । यसको पूर्ण लम्बाई भने ५३१० एमएम, चौडाई १७४० एमएम र उचाई १७२० एमएम रहेको छ । यसमा ३१०५ एमएमको ह्वीलवेस दिइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पीकअपमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । यूरो ४ मापदण्डको इन्जिन रहेको यस पीकअपको इन्टेरियर निकै उत्कृष्ट रहेको छ । सुरक्षाको लागि अगाडि दुई एयरव्याग, एबीएस, इबीडी, अगाडि भ्यान्टिलेटेड डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । पछाडिको विन्ड स्कीकृनमा डिफगर, दुई स्पीकर, यू सेप रियरबम्पर, पार्किङ सेन्सर, एसी जस्ता फिचर यसमा पाउन सकिन्छ । यसको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री सुरु हुने भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु