नेपाली युवती सोनिका मानन्धरले हात पारिन् नेसनल जियोग्राफिक इमर्जिङ एक्सप्लोर अवार्ड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

नेपाली युवती सोनिका मानन्धर नेसनल जियोग्राफिक सोसाइटी २०२० क्लास अफ इमर्जिङ एक्सप्लोरर अवार्ड हात पार्न सफल भएकी छिन् । नेसनल जियोग्राफिकले सोमबार सार्वजनिक गरेको सन् २०२० को ग्लोबल एक्सप्लोररको आठ जनाको सूचीमा मानन्धर अटाएकी हुन् । सोनिका एलोई टेक्नोलोजीजकी सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हुन् । उनको कम्पनीले वित्तीय प्रविधि सम्बन्धी एउटा प्लेटफर्म बनाएको छ । जसले ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि वित्तीय परियोजनाको रुपमा डिजिटल टोकन सिस्टम प्रयोगमा ल्याएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एक दशकदेखि सफ्टवेयर इन्जिनियरको रुपमा सक्रिय मानन्धरले सबै तहका साक्षरहरुका लागि प्रविधिमा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेकी छिन् । नेसनल जियोग्राफिकले मानन्धरसँगै इमर्जिङ एक्सप्लोररमा दिभा अमोन, जोय बोलामिनी, आदम कासिङ्गा, एनरिक लोमनिट, तमरा मेरिनो, एन्थोनी ओबायोमी र अलि प्रेसललाई छानेको छ । मानन्धर गत वर्ष मात्र संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अन्तरगतको ‘योङ्ग च्याम्पियन्स अफ द अर्थ’ बन्न सफल भएकी थिइन् । इमर्जिङ एक्सप्लोररका लागि उनले कुनै आवेदन दिएकी थिइनन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेसनल जियोग्राफिकको तर्फबाट एक्सप्लोररमा छानिएको खबर आउँदा उनले कति दिनसम्म पत्याएकी थिइनन् । उनी भन्छन्, ‘पछि विस्तारै बुज्दै जाँदा हो रहेछ भन्ने लाग्यो,’ उनी भन्छिन् । इमर्जिङ एक्सप्लोररमा छानिएकी मानन्धरले नेसनल जियोग्राफिकको तर्फबाट १० हजार डलर ९करिब १२ लाख रुपैयाँ० को फण्डिङ प्राप्त गर्नेछिन् । सन् २००४ देखि सुरु भएको एक्सप्लोरर कार्यक्रम बीचका केही वर्ष बन्द भएको थियो । यसै वर्षबाट पुनः यसलाई सुचारु गरिएको छ । नेसनल जियोग्राफिक सोसाइटीले विश्वका रोमाञ्चकता तथा आश्चर्यलाई संरक्षण र उजागर गर्ने उद्देश्य लिएको छ । यसका लागि सोसाइटीले परिवर्तनकारी विचार भएका साहसिक व्यक्तिहरुलाई उन्नत पार्न लगानी गर्दै आएको छ ।

साझा मानवीय अनुभवमा निखार ल्याउन, नयाँ पुस्ताका परिवर्तका संवाहकलाई ससक्तिकरण गर्न र विश्वलाई नै परिवर्तन गर्न सक्ने विज्ञान र आविष्कारको शक्तिलाई प्रदर्शन गर्ने कार्यमा यी एक्सप्लोररले नयाँ आयाम थप्नेछन् । ‘त्यसैले नै इमर्जिङ एक्सप्लोररको पछिल्लो क्लासको रुपमा सोसाइटीले आठ जना ग्लोबल चेञ्जमेकर लाई छनौट गरेको हो । जसले आफ्नो क्षेत्रसँगै विश्वप्रतिको हाम्रो बुझाईमा परिवर्तन ल्याउनेछन्,’ सोसाइटीले भनेको छ । यी व्यक्तिहरुले गहिरो समुद्रमा रहने जनावरका साथै आर्टिफिसियल इन्टेलिजेन्सको सामाजिक उपयोगीता, ग्रामीण तथा सहरी क्षेत्रमा वर्षात्को पानी संचय, जैविक विविधताको रक्षा, आधारभूत तहका उद्यमशिलता, जीआईएस शिक्षा र प्रभावशाली कथा सिर्जनामा आफ्नो ध्यान केन्द्रीत गर्नेछन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु