नेपाल आउदैँ छ किया र निसानको सब फोर मिटर एसयूभी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

किया र निसानको सब फोर मिटर एसयूभी नेपाल आउने भएको छ । कियाले दशैं अघिबाटै बुकिङ सुरु गरेको सोनेट र निसानले भारतमा दिपावलीको अवसर पारेर बिक्री सुरु गर्न लागेको म्याग्नाइट जनवरीमा नेपाल आउने पक्का भएको छ । यस्तोमा यी दुबै कारका सामु प्रतिस्पर्धीका अगाडि टिक्नु पहिलो चुनौती हुने देखिन्छ । निसानको लागि नेपालको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले केहि दिन भित्रै म्याग्नाइटको बुकिङ खोल्ने तयारी गरिरहेको छ । यस्तोमा यी दुई ब्राण्ड बीच हुने प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उसोत नेपालमा कियाको तुलनामा निसानको ब्राण्ड प्रतिको झुकाव ग्राहकमा बढी नै पाइन्छ । निसान र किया नेपालमा बिक्री हुने पुरानै ब्राण्ड भएपनि निसानको जापानी लिगेसी निकै बलियो रहेको छ । कियाले एक वर्ष अघिसम्म नेपालमा कोरियामा बनेका कार मात्रै बिक्री गर्थ्यो भने निसानले सन् २०१७ पछि भारतमा उत्पादन भएका एसयूभी नेपाल ल्याउन थालेको हो । निसान र कियाका दुबै सब फोर मिटर एसयूभी भारतमा उत्पादन भएका मोडल नै नेपाली बजारमा आउने छन् । यद्यपी यी दुबै एसयूभी ग्लोवल मोडल हुन् । भारतमा फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू र टाटा नेक्सनको सफलताबाट लोभिएर किया र निसानले बजारमा उतारेका यी दुबै सब फोर मिटर एसयूभीमा ग्राहकको आकर्षण कस्तो हुने छ त्यो भने हेर्न बाँकी नै रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालमा पनि फोर्ड इकोस्पोर्ट, ब्रेजा, नेक्सन र हुन्डाई भेन्यूले सफलताको स्वाद चाखिसकेका छन् । यस्तोमा यहि सेग्मेन्टमा आउने दुई नयाँ कारलाई बजार बढाउन सहज भने हुने छैन । कियाले नेपाल ल्याउने घोषणा गरेर बुकिङ लिइरहेको सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ घोषणा गरेको छ । कम्पनीको यो इन्ट्री लेवल पेट्रोल भेरियन्ट हो । यस बाहेक अर्को पेट्रोल इन्जिन भएको सोनेटको कम्पनीले बुकिङ खुलाएको छैन । अन्य तीन भेरियन्टको बुकिङ खुल्ला गरेको भएपनि यी सबै डिजेल इन्जिन भएका गाडी हुन् । निसानले दुई इन्जिन अप्सनमा म्याग्नाइट नेपाल ल्याउने छ । कम्पनीले म्याग्नाइटलाई १।० नेचुरल्ली इन्स्पायर्ड इन्जिन र १।० लिटर टर्बो इन्जिनमा ल्याउने छ । यसको १।० लिटर इन्जिनले अधिकतम ६२५० आरपीएममा ७१ बीएच पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने १।० लिटर टर्बो इन्जिनले ९९ पीएस पावर र १६० एनएम टर्क प्रदान गर्ने छ ।

किया सोनेट दुई पेट्रोल र एक डिजेल इन्जिनमा आउने छ । कम्पनीले १।० टर्बो, १।२ नेचुरल्ली इन्स्पायर्ड र १।५ लिटर डिजेल इन्जिन उपलब्ध रहने छ । अहिले बुकिङ लिइरहेको १।२ पेट्रोल र १।५ लिटर डिजेल इन्जिन भएका गाडी हुन् । यसमा रहेको १।२ लिटर इन्जिनले अधिकतम ८२ बीएच पावर र ११४ एनएम टर्क प्रदान गर्छ भने, १।५ लिटर डिजेल इन्जिनले १०० बीएच पावर र २४० एनएम टर्क प्रदान गर्छ । यदि कियाको १।० टर्बो इन्जिन आउने हो भने यसको अधिकतम पावर १२० बीएच रहेको छ । कियाले सोनेटमा ५ स्पीड म्यानुयल, ७ स्पीड डिसिटी र ६ स्पीड आईएमटी गियरबक्स दिएको छ ।

झट्ट हेर्दा यी दुबै कारको डिजाइन आकर्षक र स्पोर्टी रहेको छ भने दुबै कारमा सेग्मेन्टमा नै पहिलो बन्न प्रतिस्पर्धा गरेका केहि फिचर पाउन सकिन्छ । मूल्यमा निसान म्याग्नाइट सस्तो हुने अनुमान गरिएको छ । संभवत नेपालमा ३० लाख रुपैयाँबाटै म्याग्नाइट किन्न सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ । यद्यपी कम्पनीले यसको मूल्य भारतमा समेत सार्वजनिक गरेको छैन । अब कोरियन लग्जरी र जापानीज टेक्नोलोजी बीचको प्रतिस्पर्धामा कस्ले बाजी मार्छ वा दुबै कार बजारमा चल्तीका इकोस्पोर्ट, नेक्सन, ब्रेजा र भेन्यूको भिडमा हराउँछ त्यो भने हेर्न बाँकी नै छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु