मलेसियान ब्राण्ड प्रोटोनको पहिलो कारको रुपमा ‘सागा’ कार नेपाल आएको छ । नेपालको लागि प्रोटोनको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले सागा सेडान कार नेपाल ल्याएको हो । यसको आधिकारी लञ्चिङ भने आगामी १३ जनवरीबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
जगदम्बा मोटर्सले नेपाल ल्याएको सागा बी(सेग्मेन्टको सेडान कार हो । प्रोटोन सागामा १२९९ सीसी क्षमताको फोर सिलिण्डर, १६ भल्भ, डीओएचसी, भीभीटी पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९१ पीएस पावर र ११७ एनएम पिक टर्क प्रदान गर्ने छ । यस कारमा ५ स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । सागाको लम्बाई ४ हजार ३३१ एमएम, चौडाई १ हजार ६८९ एमएम र उचाई १ हजार ४९१ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २ हजार ४६५ एमएमको दिइएको छ ।



JUNGLE






from the
city



सुरक्षाका लागि अगाडि दुबैतर्फ एयरव्याग रहेको सागामा इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, ब्रेक असिस्ट, इलेक्ट्रोनीक स्टेबीलीटी कन्ट्रोल, ट्राक्सन कन्ट्रोल, हिलहोल्ड असिस्ट, फ्रन्ट तथा रियर पार्किङ सेन्सर रिभर्स क्यामरा तथा एन्टी थेप अलार्म जस्ता अत्याधुनिक फिचरहरु रहेको छ । सागाको ड्यासबोर्डमा ७ इन्चको टचस्कृन सहितको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जसमा स्मार्टफोन तथा ब्लुटुथ कनेक्टीभीटीको सुविधा रहेको छ । टिल्ट एड्जस्ट गर्न मिल्ने स्टेरिङ रहेको कारको स्टेरिङमा अडियो तथा ह्याड्स फ्रि टेलिफोन सुईच दिइएको छ ।
जगदम्बा मोटर्सले सागा सेडानलाई २ भेरियन्टमा नेपाल ल्याएको छ । स्ट्याडर्ड म्यानुअल र प्रिमियम अटोमेटिक भेरियन्ट नेपाल आएको हो । म्यानुयल भेरियन्टको मूल्य ३५ लाख ५० हजार र अटोमेटिक भेरियन्टको मूल्य ३९ लाख ५० हजार तोकिएको छ ।