नेपाल एयरलाइन्सले चीनबाट ल्याइएका ६ वटा जहाज चलाउन नसकिएको भन्दै कम्पनीलाई नै फिर्ता गर्ने बिकल्प सरका समक्ष पेस गरेको छ। चिनियाँ जहाजलाई व्यावसायिक रुपमा सञ्चालन गर्न नसकिने भन्दै नेपाल एइरलाइन्सको सञ्चालक समितिले निर्णय यसअघि नै गरिसकेको छ। साउनदेखि नै ग्राउन्डेड गरिसकेको एयरलाइन्सले जहाज व्यवस्थापनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एयरलाइन्सले पत्राचार गरेपछि पर्यटनले अर्थमन्त्रालयको राय मागेको थियो। अर्थले प्रतिउत्तरमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर स्पष्टिकरण माग गरेको थियो। अर्थले मागेको स्पष्टिकरणमा जवाफ दिंदै एयरलाइन्स व्यवस्थापनले चार बिकल्प दिएको छ। एयरलाइन्सले जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेशनलाई जहाजको बजार मूल्यका आधारमा फिर्ता गर्ने, खुला प्रतिस्पर्धाको आधारमा बिक्री गर्न सकिने प्रस्ताव गरेको छ। त्यस्तै लिज प्रक्रियाबाट अन्य कम्पनीलाई दिन सकिने र नयाँ जहाज किन्दा डाउन पेमेन्टको रुपमा प्रयोग गर्न सकिने बिकल्प सुझाएको छ।



JUNGLE






from the
city


