नेपाल कोरोना प्रभावित मुलुकको सूचीमा ४४ औं नम्बरमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ४४ औं नम्बरमा रहेको छ। विश्वका १ सय ८८ मुलुकमध्ये नेपालले कोरोना सुरु भएको चीनलाई समेत पछाडि पारेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ। चीन भने ९० हजार ६ सय ७८ संक्रमितसहित ४६ औं नम्बरमा छ। सार्क मुलुकमा नेपालभन्दा अगाडि भारत, पाकिस्तान र बंगलादेशमात्र छन्। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ६७ लाख ५७ हजार १ सय ३१ छ भने १६ औं नम्बरमा रहेको बंगलादेशमा ३ लाख ७३ हजार १ सय ५१ जना संक्रमित भएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै, २१ नम्बरमा रहेको पाकिस्तानमा संक्रमितको संख्या ३ लाख १६ हजार ३ सय ५१ छ। ७१ औं नम्बरमा रहेको अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ५ सय ४८, १०३ नम्बरमा रहेको माल्दिभ्समा १० हजार ६ सय ५६, १३२ नम्बरमा रहेको श्रीलंकामा ४ हजार ४ सय ५९ र १ सय ७१ औं नम्बरमा रहेको भुटानमा ३ सय ९५ संक्रमित छन्। मृत्युमा भारत तेस्रो नम्बरमा छ। भारतमा हालसम्म १ लाख ४ हजार ५ सय ५५ जनाको मृत्यु भइसकेको छ। यस्तै, पाकिस्तानमा ६ हजार ५ सय ३५, बंगलादेशमा ५ हजार ४ सय ४०, अफगानिस्तानमा १ हजार ४ सय ६९, माल्दिभ्समा ३४ र श्रीलंकामा १३ जनाको मृत्यु भएको छ। हालसम्म भुटानमा एक जनाको पनि मृत्यु भएको छैन। नेपालमा भने हालसम्म ५ सय ७८ जनाको मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु