नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर घुससहित पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

श्रावण २६, काठमाडौं । बुटवलस्थित नेपाल खानेपानी कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साह घुससहित पक्राउ परेका छन् ।
खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।
आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् ।
गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको र लगत्तै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले सोमबार जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु