भाद्र १९, काठमाडौं । नेपाल टेलिकमले आकर्षक डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बस्न आग्रह गर्दै स्टे कनेक्टेड प्याक ल्याएको हो । टेलिकमले सार्वजनिक गरेको नयाँ डेटा प्याकमा प्रयोगकर्ताले २०० रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा अतिरीक्त रुपमा उपलब्ध गराउनेछ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये चार जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको छ । एक जीबी नियमित डेटामा कम्पनीले अतिरीक्त रुपमा थप तीन जीबी उपलब्ध गराउनेछ । यसरी प्राप्त चार जीबी डेटा फोरजी नेटवर्कमा बोनसको रुपमा पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ ।



JUNGLE






from the
city



कम्पनीका प्रयोगकर्ताले *1415# डायल गरी यी दुवै डेटा प्याकेज रोजेर खरिद गर्न सक्नेछन् ।