नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आवश्यक प्राविधिक तयारी पुरा गरी आफ्नो फाइबर टु द होम इन्टरनेटसँगै आईपी टिभी सेवा दिने भएको हो । कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रशारण गरेको थियो । प्रारम्भिक परीक्षण सकारात्मक भए पनि कोभिड १९ को महामारीसँगै सुरु भएको लकडाउन र क्लिन फिड नीतिका कारण ढिलोगरी सञ्चालनमा आउन लागेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हाल क्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । हाल परीक्षणकालमा रहेको आईपी टिभी सेवामार्फत अहिले टेलिकमका केही कर्मचारीले फ्री टु इयर ९प्रसारणका लागि शुल्क नलाग्ने च्यानल० प्रयोग गर्दै आएका छन् । ‘क्लिन फिडको नीतिका कारण विदेशी च्यानलहरुसँग छुट्टै किसिमको सम्झौता गर्नुपर्ने अवस्था बनेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले टेकपानासँगको कुराकानीमा भने, ‘फ्री टु इयरका लागि भने अहिले कुनै समस्या छैन ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बिलिङ र सीआरएम ९कस्टमर रिलेसनशिप म्यानेमेन्ट० साइड सबै तयार भइसकेको अधिकारीले जानकारी दिए । ‘अहिले प्याकेज तयार पार्ने काम भइरहेको छ । यो अबको दुई चार दिनमै फाइनल हुन्छ,’ अधिकारीले भने, ‘संभवतः हामी जनवरी १ देखि यो सेवालाई व्यवसायिक रुपमा नै सञ्चालनमा ल्याउने लक्ष्य छ ।’ कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । जसमा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा दिँइँदै आएको छ ।

अब निकट भविष्यमा सञ्चालनमा आउने आईपी टिभी सेवा समेत त्यसैमा जोडिनेछ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रति दिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ । हाल करिब ९६ हजार ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट सेवा जडान गरेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु