नेपाल टेलिकमले ‘पाठशाला सीयूजी सिम’ सार्वजनिक गरेको छ । सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकालाई उनीहरुको परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्ने यो सिम कार्डको सुरुवात गरिएको हो । यसअन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीईएचआरडी) सँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने उद्देश्यका साथ प्रिपेड मोबाइल ‘पाठशाला सीयूजी सिम’ निःशुल्क उपलब्ध गराउने भएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज युजर ग्रुप ९सीयूजी० मा आबद्ध गराएर मासिक ९९ (टीएससी, भ्याट, ओटी बाहेक) रुपैयाँमा क्लोज्ड ग्रुपभित्र असिमित कुराकानी गर्न सकिने छ । त्यस्तै शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जीबी डेटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराउने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मका सबै पाठ्यक्रम र पाठ्यसामग्री उपलब्ध छन् । सो प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निःशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।



JUNGLE






from the
city



कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गरिनेछ । प्रत्येक विद्यालयका यी फोन नम्बरलाई सीयूजी सेवामा आवद्ध गराउने र यस वापतको शुल्क नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था मिलाइएको छ । यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारका सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा मागअनुसार कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ ।
यो सेवा अन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एक प्रति फोटो उपलब्ध गराउनुपर्ने छ । विद्यार्थीले सिमकार्ड आफ्नै वा अभिभावकको नाममा लिन सक्नेछन् । विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला सीयूजी सिम’ विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफरिस लिई नजिकको नेपाल दूरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् । त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भएसम्म सहुलियत दरमा टोल फ्री नम्बर समेत उपलब्ध गराउने जनाएको छ । यसका साथै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयको ठेगाना सहितको नामावली संकलन गरी पठाउने छ ।
त्यसपश्चात नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यमबाट (वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट) इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र त्यस्ता स्थानहरुमा आफ्नो कार्ययोजनाअनुसार मोबाइल र एफटीटीएच विस्तार गरिने टेलिकमले जनाएको छ ।