नेपाल भारत सिमामा तनाब, एक भारतीय घाईते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 53
  •  
  •  
  •  
  •  
    53
    Shares

साउन ६,
नेपाल भारत सिमामा जमिनको मुद्धा फेरि उल्झीएको छ । विहारको किशानगंज संगै जोडीएको नेपाली भूभागमा गत शनिवार राती भएको तनावमा नेपाली सुरक्षा कर्मीको गोलिबाट एक भारतीय घाईते भएका छन् । घाईते भारतीय नागरिक जितेन्द्र सिंहको विहार स्थित किशानगंज अस्पतालमा उपचार चलिरहेका बिबिसि हिन्दीले उल्लेख गरेको छ ।
समाचारमा जनाईए अनुसार नेपाली बोर्डर सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी बलले आफ्ना गाईभैंसि खोज्न नेपाली सिमाभित्र छिरेका ३ जना भारतीयसंग भनाभन हुँदा तनावको स्थिति सिजंना भएको हो ।
किसानगंजका एसपी आशिष कुमारलाई जनाउँदै बिबिसि लेख्छ, घटना भएको स्थान ३०० मिटर भीत्र नेपालको भूमिमा पर्छ । जुन तीन जना युवाहरु घटनामा संलग्न थिए, उनीहरुलाई हामिले सोघपुछ गरिरहेका छौं । यस विषयमा भारतीय सिमा सुरक्षा फोर्स र नेपाली शसस्त्र प्रहरी संग कुराकानी भैरहेको छ ।
किसानगंज एसपीले नेपाली शसस्त्र प्रहरीको भनाई उद्धृत गर्दै भने, तीन जना युवाहरु गैरकानुनी रुपमा नेपालको सीमा पार गरिरहेका थिए । नेपाली सीमा सुरक्षामा खटिएका ४, ५ जना शसस्त्र प्रहरीले उनीहरुलाई रोक्ने कोशिस गरे । यसैविच दुबै पक्षविच हात हालाहालको स्थिती सिर्जना भयो । उनीहरु नेपालका शसस्त्र प्रहरी माथि जाईलागे र उनीहरुको बर्दि समेत च्यातिदिएका थिए । यसपछि शसस्त्र प्रहरीले गोलि चलाएको थियो ।
बिबिसि हिन्दीले घाईतेलाई अस्पतालमा फोन गरि घटनाबारे बुझेको थियो । घाईतेका भनिने जितेन्द्र शाहका अनुसार उनीहरु आफ्ना गाईबस्तु खोज्न हिंडेका थिए । खुला सिमाका कारण उनीहरुका बस्तुभाउ नेपालको सिमा पार गरि चरनमा जान्छन् । तीजनलाई खोज्न जाँदा शसस्त्र प्रहरीले उनीहरुमाथि गोलि प्रहार गरेको बताए । त्यस समय उनीहरु नेपाल सीमाको २ सय मिटर भीत्र थिए ।
जितेन्द्र अगाडी भन्छन् , हाम्रा गाईबस्तु पहिले पनि सीमा कटेर नेपाली भुभागमा चर्न जान्थे । तर यस्तो घटना पहिले कहिल्यै भएन । सिमा प्रबेश गरिसके पछि नेपाल प्रहरीले मलाई बिनाकारण समात्यो पिट्न लाग्यो । मैले चर्को आवजले बरिपरिका गाउँलेलाई बोलाएँ । सानो विवाद भैराख्दा नेपाली पुलीसले फाईरिङ शुरु गरे । त्यसपछि मेरो काँधमा गोली लाग्यो र म भाग्दै घर आएँ, र त्यसपछि अस्पताल ।
यता शसस्त्र प्रहरीले भने कसैलाई गोली लागेको जानकारीमा नभएको तर भीड तितरवितर गर्न मात्र हवाई फायर भएको बताएको छ ।
यो घटना नेपालको झापा स्थित गौरीगंज वडा नं. ५ मा भएको थियो । झापाका सिडियो उमेश पाण्डेका अनुसार ४०, ५० जनाको समुहमा भारतीयहरु नेपाल प्रबेश गर्न खोजेका थिए । उनीहरुलाई सीमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीले रोक्न खोज्ने क्रममा प्रहरी माथि नै जाई लागे र बर्दी समेत च्याने काम भयो । यो अवस्थामा शसस्त्र प्रहरीले हावाई फायर गरेपछि उनीहरु भारतीय सिमातिर भागाभाग गरे ।
घटना पछि भारतीय सरकारले सिमा सुरक्षा बललाई सतर्क हुन निर्देशन दिईएको छ ।
घटनाको भोलिपल्ट (साउन ४ गते) भारतीय एसएसबीको १२औं बटालियन कमाण्डर ललित कमार सहितको टोलिले उक्त सिमा क्षेत्रको निरिक्षण गर्दै नेपाली शसस्त्र प्रहरी संग बैठक बस्ने जानकारी भारतीय मिडियाहरुलाई दिएका थिए ।
बिबिसि हिन्दीको सहयोगमा

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु