नेपालमा पछिल्लो समय महंगा मोबाइलको माग बढ्दै गएको छ । यसपाली नेपाल भित्रिने मोबाइलको संख्या घटे पनि त्यसवापत बाहिरिने रकम भने अस्वभाविक रुपमा बढेको देखिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गत आवको सुरुवाती ३ महिना ९साउन, भदौ र असोज० मा सात अर्ब १९ करोड पाँच लाख ७६ हजार रुपैयाँका १६ लाख २३ हजार ७९५ वटा मोबाइल भित्रिएका थिए । यस हिसावले औषत रुपमा एउटा मोबाइलका लागि ४,४२८।२५ रुपैयाँ नेपालबाट बाहिरिएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस वर्षको सोही अवधिमा भने १५ लाख दुई हजार १५ वटा मोबाइल मात्रै भित्रिएका छन् । तर त्यसका लागि भने ११ अर्ब १० करोड १२ लाख ७७ हजार रुपैयाँ बाहिरिएको छ । जसअनुसार एउटा मोबाइलका लागि देशबाट बाहिरिएको औषत मूल्य ७३९०।९२ रुपैयाँ पुगेको छ । कोरोना भाइरसको महामारीकै कारण नेपालमा महंगा मोबाइलको माग बढेको नेपाल मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।



JUNGLE






from the
city



‘अन्य व्यवसायमा कमी आए पनि नेपालमा मोबाइल व्यवसायमा भने त्यसको असर कम देखिएको छ,’ उनले भने, ‘अनलाइन कक्षाले गर्दा साधारण मोबाइलको साटो मानिसहरु स्मार्टफोन किन्न थालेका छन् ।’ यस पटकको दशैंमा पाँच लाख ६ हजार ५१५ मोबाइल नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार असोज महिनामा मात्रै उक्त संख्यामा मोबाइल नेपाल भित्रिएका हुन् । जसका लागि मुलुकबाट तीन अर्ब १५ करोड ८८ लाख १८ हजार रुपैयाँ बाहिरिएको छ । गत भदौमा भने ५ लाख २७ हजार ८७९ वटा मोबाइल नेपाल भित्रिएका थिए ।