नेपाल वायु सेवा निगमले निकाल्यो १ सय ४५ कर्मचारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

७ साउन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक संकट बेहोनु परेको भन्दै सरकारी निकायले नै १२ बर्षदेखि करार सेवामा रहेका कर्मचारीलाई जागरिबाट निकालेको छ ।
नेपाल वायुसेवा निगमले एक सय ४५ जना कर्मचारीलाई जागिरबाट निकालेको हो । कोभिड–१९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै साउनदेखि करार सेवा थपेको छैन । करारमा रहेका चार सय ७८ कर्मचारीमध्ये एक सय ४५ जनाको करार नवीकरण नगरिएको निगमले जानकारी दिएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले बोर्डको निर्णय अनुसार प्रशासन तर्फका एक सय ४५ जना कर्मचारीको साउन एक गतेबाट नवीकरण नगरिएको जानकारी दिए । क्याविन क्रु, पाइलट नै करारमा रहेकाको भने नवीकरण गरिएको छ । असार मसान्तमा करार अवधि समाप्त भएका दुइ सय २५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी एक सय ४५ जना कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णय गरेको छ ।
नपाल वायुसेवा निगमका करार कर्मचारीले भने नियुक्तको माग गर्दै आन्दोलन सुरु गरेका छन् । कार्यालय अगाडि धर्ना दिइरहेका उनीहरुले चरणबद्ध आन्दोलन गर्ने भएका छन् । ती कर्मचारीले आबश्यक पर्दा काम लिने तर अप्ठायारेमा जागरिबाट निकालेको भन्दै करार नवीकरणसहित रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् । उनीहरुले निगमभित्रको आन्तरिक भ्रष्टाचार अन्त्य गर्नुपर्ने पनि उनीहरुको माग छ । धर्नामा रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निगममा कार्यरत करार कर्मचारीहरुले रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेर गत असार २८ गते देखि विरोध जनाउदै आएका छन् । करार कर्मचारी संघर्ष समितिले करार नविकरण र रोजगारीको सुनिश्चितता, आन्तरिक भ्रष्टाचार अन्त्यको माग गर्दे आन्दोलन गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु