नयाँ आइफोन १२ का उपकरणहरु स्मार्टफोन इतिहासको हालसम्मै ठूलो आविस्कार मानिएको छ। एप्पलले अघिल्लो महिना सार्वजनिक गरेको आइफोन १२ का चार मोडल प्रयोगकर्ताले धेरै रुचाएको देखिन्छ। योसँगै एप्पल अर्को धमाकाको तयारी गरिरहेको छ। सोमबार कम्पनीले अर्को लन्च कार्यक्रम गर्ने घोषणा गरेको हो। एप्पलको यस वर्षको तेस्रो लन्च कार्यक्रम भनिएको उक्त कार्यक्रम नोबेम्भर १० मा हुने बताइएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सिएनएन टेकको अनुसार उक्त कार्यक्रममा कुन उपकरण सार्वजनिक गर्ने कुरा भने खुलाएको छैन। तर, कम्पनीले केही समय यतादेखि गोप्य राखेको भनिएको नयाँ उपकरण सार्वजनिक गर्ने रिर्पोटले अनुमान गरेको छ। गत जुनमा भएको विश्वव्यापी विकासकर्ता सम्मेलनको क्रममा एप्पलले चाँडै नै म्याक कम्प्यूटरमा आफ्नै ‘सिलिकन चिप्स’ प्रयोग गर्ने घोषणा गरेको थियो। वर्षौदेखि एप्पलले ‘इन्टेल’ द्वारा बनाइएको चिप्स प्रयोग गरिरहेको छ। उक्त सम्मेलनमा भने कम्पनीले आफ्नै चिप्स भएको नयाँ म्याक २०२० को अन्तिमसम्म आउने बताएको थियो।



JUNGLE






from the
city



उक्त चिप्स आइफोन र आइप्याडको नयाँ संस्करणमा प्रयोग भइसकेको छ। विश्लेषकका अनुसार यसले ब्याट्रीलाई बढी टिकाउने र उपकरणहरुमा सहज एकीकरण हुनेछ। यो सार्वजनिक हुनेसक्ने अनुमानले एप्पल प्रयोगकर्तामा उत्सुकता देखिन्छ। रिर्पोटका अनुसार कार्यक्रम बेलायती समय दिउँसोको एक बजे हुनेछ। यो कार्यक्रम एप्पलको वेबसाइटमा प्रत्यक्ष प्रसारण हुने बताइएको छ।