अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नयाँ प्रतिबन्ध लागु भएको छ । नयाँ प्रतिबन्ध अनुसार अब बार, रेष्टुरेन्ट र जीम राति १० बजेपछि खोल्न पाइने छैन । त्यसैगरी १० जनाभन्दा कम व्यक्ति मात्रै एक ठाउँ भेला हुन पाउने व्यवस्था गरिएको छ । मंगलबारमात्रै अमेरिकाका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमित ६१ हजार ९ सय ६४ जना भर्ना भएका छन् । पछिल्लो समय दैनिक ९ सय जनाको कोरोनाले मृत्यु हुने गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमेरिकामा १० दिनयता दैनिक एक लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन् । यसले अब अमेरिकामा खराब अवस्था आउँन सक्ने विज्ञले चेतावनी दिएको बीबीसीले जनाएको छ । बुधबार भएको विज्ञको छलफलले अमेरिकामा ४ देखि ६ हप्तासम्मको लकडाउनले कोरोना भाइरसको संक्रमण रोक्न मद्दत गर्ने सुझाव दिएका छन् । अमेरिकामा मात्रै अहिले एक करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ लाख ३९ हजारको मृत्यु भएको छ ।



JUNGLE






from the
city


