काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ७ सय ७ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २ हजार एक सय ८ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ। पछिल्लोपटक २७२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६७ हजार पाँच सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ९२ छ। नेपालमा हालसम्म २० लाख ८८ हजार तीन सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185