काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६१ महिला र ९९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ३०९ स्वाब परीक्षण गराउँदा १६० जनामा कोरोना संक्रमण देखिएको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस्तै मंगलबार थप १६५ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ। अहिले १७ सय ३७ जना आइसोलेसनमा छन् भने ८७ जना क्वारेन्टाइनमा छन् ।



JUNGLE






from the
city



मन्त्रालयका अनुसार ६४ जनाको आइसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा भने ७९ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोना विरुद्धको खोपको दोस्रो चरणको अभियान सुरु भएको छ।