नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यो कूल संक्रमितको ११।४ प्रतिशत हो । पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेपालमा निको हुने दर ८८ प्रतिशत रहेको छ । हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या १२ सय ९८ पुगेको छ । हाल देशका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमितहरु उपचाररत छन् भने मनाङ जिल्लामा संक्रमणमुक्त रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १९ हजार १४ जना होमआइसोलेसनमा रहेका छन् भने ४०३ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन् ।



JUNGLE






from the
city


