काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४४५ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४४५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। मन्त्रालयका अनुसार आज ४,१५४ वटा नमुनाको परीक्षण गर्दा ४४५ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये २४६ जना काठमाडौं उपत्यकाका हुन्। जसमा काठमाडौँका १८५ जना, भक्तपुरका १९ जना र ललितपुरका २८ जना रहेका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख ६६ हजार १ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख ५६ हजार ७ सय ७२ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९३७ पुगेको छ ।



JUNGLE






from the
city


