काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार थप १११ जना डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ भने २ लाख ६८ हजार ६६० जनाले कोरोना जितेका छन् । बिहीबार थप पाँच जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५२ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा १७ सय १८ जना रहेका छन् भने ८७ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म २१ लाख ७ हजार ६४९ जनाको पीसीआर परीक्षण भएको छ । बुधबारदेखि सरकारले पीसीआरको शुल्क एक हजार रुपैयाँ घटाउएको छ । यसअघि २ हजार रुपैयाँमा पीसीआर गर्ने निर्णय गरको सरकारले बुधबारदेखि हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरेको हो ।
Advertisements



JUNGLE






from the
city


