पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकमा मात्र १५५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा १२४९ महिला र २३८८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185