पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २२० पीसीआर परीक्षण भएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185