पढाई नभएको बेलाको शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ८, काठमाडौँ । पढाई नभएको बेलाको शुल्क नमाग्न निजी विद्यालय सञ्चालकहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः निर्देशन दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निजी विद्यालय सञ्चालकहरुको संगठनले शुल्क नठाउन नपाउँदा शिक्षक तथा कर्मचारीलाई तलव दिन नपाएको र विद्यालयको भाडा तिर्न नसकेको भन्दै अभिभावकहरुलाई शुल्क बुझाउन आउन आव्हान गरेपछि शिक्षा मन्त्रालयको यस्तो निर्देशन आएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएको छ । प्याब्शन र एनप्याब्शनले लकडाउन अवधिको शुल्कका साथै अनलाइन कक्षा सञ्चालनवापत थप शुल्क र भर्ना शुल्कसमेत बुझाउन आउन अभिभावकहरुलाई आग्रह गरेका थिए । सरकारको निर्देशनविपरित निजी विद्यालयले शुल्क तिर्न आउन सर्कुलर जारी गरेपछि अभिभावकदेखि विद्यार्थी संगठनहरुसम्मले विरोध जनाएका थिए ।

शिक्षा मन्त्रालयले विज्ञप्तिमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न आग्रह गर्दै प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख गरेको छ । कोरोना महामारी त्रास बढेसँगै चैतदेखि शिक्षण संस्था बन्द छन् । यता निजी विद्यालय सञ्चालकहरु भने लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको तर्क गर्छन् ।

विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सकिने भन्दै मन्त्रालयले असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु