पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

साविक विजेता मुम्बई इन्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामलेअविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन जोडे । सूर्यकुमार यादवले १० रन बनाए । पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए । जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । चार खेल खेलेको मुम्बई दुई जित र दुई हारसहित रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि मुम्बई भन्दा एक खेल कम खेलेको दिल्ली ४ अंक नै भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु