भारतीय सरकारले दुई महिना अघि पब्जी लगायत अरु ११८ ओटा चिनिया एपहरुलाई प्रतिबन्ध लगाएको थियो । पबजी कर्पको अनुसार पब्जी गेम फेरि भारतमा फकिर्ने घोषणा गरेको छ । पब्जीको अधिकार रहेको दक्षिण कोरयाको क्राफ्टन इंकले सुरक्षा र गोपनीयताको डर हटाउनका लागी छुट्टै पब्जी मोबाइल इन्डिया एप बनाउने भएको छ । कम्पनीले प्रयोगकर्ताको गोपनियता र भारतिय प्लेयरको डाटा सुरक्षालाई प्राथमिकता दिने जनाएको छ । कम्पनीले बारम्बार अडिट र प्रमाणीकरण गरिरहने कुरामा पनि जोड दिएको छ । यो एपलाई चिनीयाँ कम्पनी टेन्सेन्ट भन्दा टाढै राखेर बनाइने छ । कम्पनीले भारतमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । भारतमा पब्जी मोबाइल सबैभन्दा बढि डाउनलोड गरिएको गेमिङ एप थियो र मासिक ५० मिलियन सक्रिय प्रयोयकर्ताहरु रहेका थिए । पब्जी भारतमा कहिले सार्वजनिक हुन्छ त्यो भने अहिले पनि खुलाइएको छैन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185