पहिलो काला सुपर हिरो ‘ब्ल्याक प्यान्थर’का अभिनेता बोसम्यानको निधन

‘ब्ल्याक प्यान्थर’का अभिनेता चाडविक बोसम्यान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हलिउड सुपर हिरो फिल्म ‘ब्ल्याक प्यान्थर’का अभिनेता चाडविक बोसम्यानको पेटको क्यान्सरका कारण निधन भएको छ । शुक्रबार आफ्नै निवासमा उनको निधन भएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

४१ वर्षीय बोसम्यानलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । तर, उनले आफ्नो स्वास्थ अवस्थाबारे बाहिर केही बोलेका थिएनन् ।

बोसम्यान पहिलो काला सुपर हिरोका रूपमा मार्भल स्टुडियोको फ्रेन्चाइज ‘ब्ल्याक प्यान्थर’मा २०१८ मा देखिएका थिए । काल्पनिक अफ्रिकन अधिराज्य वाकान्डाको कथा बोकेको सिनेमाले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यो सिनेमाले संसारभरबाट एक बिलियन डलरभन्दा बढी ग्रस कलेक्सन गरेको थियो ।

केही समयअघि स्पाइक लीको ‘दा ५ ब्लडस्’ मा देखिएका बोसम्यान ०२२ मा ‘ब्ल्याक प्यान्थर’कै सिक्वेलमा देखिने भएका थिए । तर, दुर्भाग्य उनी बिते । सुरुवाती चरणमा टेलिभिजनमा सानोतिनो भूमिकामा अभिनय गरेका उनी सन् २०१३ मा रिलिज भएको अमेरिकी बास्केट बल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित ‘४२’ सिनेमामार्फत हलिउडमा स्थापित भएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु