पहिलो चरणमा युएईवाट ३५ वटा चार्टर उडान मार्फत ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 149
  •  
  •  
  •  
  •  
    149
    Shares

युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत कोरोनाका कारण युएईमा समस्यामा परेका ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरस (कोभिड-१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो। गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन्।यसैगरी युएईस्थित नेपाली दूतावासले नेपाल फर्कने ३८ हजार ९ सय ९१ जनाको एकीकृत नामावली सार्वजनिक गरेको छ।

दूतावासका अनुसार गत २८ अप्रिलदेखि खुल्ला गरिएको नेपालीहरुको विवरण संकलन फारम जुलाई १० सम्म ३७ हजार २ सय ३० जनाले भरेका जनाएको छ भने कसैले दूतावासमानै उपस्थित भई फारम भरेका थिए।सोही फारम अनुसार जुलाई १० सम्मको नामावाली सार्वजनिक गरिएको हो।

यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १४ हजार १ सय १० जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु