पहिलो पटक माज्दाका तीन एसयूभीको बुकिङ खुल्ला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पारामाउन्ट मोटर्सले डिलर लिएपछि पहिलो पटक माज्दाको बुकिङ खुल्ला भएको छ । कम्पनीले माज्दाका तीन एसयूभीको बुकिङ खुल्ला गरेको हो । माज्दा सिएक्स ५ को २.० लिटर इन्जिन युक्त एसयूभीको मूल्य १ करोड २५ लाख ९० हजार र सिएक्स ५ कै २.५ लिटर इन्जिनयुक्त गाडीको मूल्य १ करोड ४८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले ल्याएउने सिएक्स ९ सेभेन सिटर एसयूभीको मूल्य १ करोड ६३ लाख ४९ हजार रुपैयाँ तोककेर बुकिङ खुल्ला गरेको हो । जापानी प्रिमियम ब्राण्ड माज्दाका एसयूभी यसअघि पद्म श्री मोटर्सले बिक्री गर्दै आएकोमा गत चैतमा यसको आधिकारीक वितरक परिवर्तन भएर पारामाउन्ट मोटर्सले लिएको थियो । त्यसपछि कम्पनीले नयाँ शोरुम निर्माण गरिरहेको भने नयाँ ग्राहकको लागि बुकिङ खुल्ला गरेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले ल्याएको २.५ लिटर क्षमताको सिएस ५ र सिएक्स ९ मा अल ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ । अहिले बुकिङ खुल्ला गरेको भएपनि उक्त गाडीहरु सन् २०२१ को सुरुवातमा मात्रै ग्राहकले डेलिभरी पाउने कम्पनीले जनाएको छ । ‘हामीले ग्राहकलाई दिने सबै गाडी २०२१ मोडल हुने छन्, अहिले बुकिङ गर्ने ग्राहकले सन् २०२१ को सुरुवातमै नयाँ गाडी चढ्न पाउँछन्’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु