आजको फोनहरुको मापदण्ड पातलो आकारको हलुको मोडल हो । क्वाड क्यामेरा, फास्ट चार्जिङ, शक्तिशाली प्रोसेसर र यस्ता धेरै फीचरहरु मात्र आजका स्मार्टफोनमा अटाउन सक्छन् । यी त हाम्रो पहुँचभित्र रहेका फोनहरु भए । तर चीन र पूर्वी क्षेत्रीय बजारहरुमा कही यस्ता स्मार्टफोनहरु पनि प्रयोगमा छन्, जसलाई अमेरिका, बेलायत, अष्ट्रेलिया र हामीजस्ता बाँकी विश्वले प्रयोग गर्ने सपना मात्र देख्न सक्छौं । आज हामी तपाईंलाई पाँचवटा यस्ता स्मार्टफोन ह्याण्डसेटका बारेमा बताउँदैछौं जुन तपाईंले खरिद गर्न सक्नुहुन्न ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
१. साओमी एमआई टेन अल्ट्रा
साओमी एमआई टेन अल्ट्रा विश्वमा बनिएको फोन मध्येको अहिलेसम्मको उत्कृष्ट ह्याण्डसेट हो । शक्तिशाली र पूर्ण फीचरको साथमा आएको यो फोन विश्वमा उपलब्ध फोनहरुमा उत्कृष्ट फोन हो । यो फोनको फीचरको कुरा गर्नुपर्दा यसमा ६.६७ इन्च १२० हर्ज डिस्प्ले छ । क्वाड क्यामेरा सेटअप रहेको यो फोनमा क्वालकमको उत्कृष्ट प्रोसेसर स्नापड्रागन ८६५ रहेको छ । यसको ब्याट्रीको कुरा गर्दा ४५०० एमएएचको ब्याट्री छ । यसमा दुईवटा ब्याट्री अप्सन छ एउटा १२० वाट र अर्को ५० वाटङ्को वायरलेस चार्जर । तर यो फोनलाई चीनमा मात्र सार्वजनिक गरिएको छ । यसबाट ग्याजेटप्रेमी बाँकी विश्व धेरै दुस्खित भयो । यसैकारण यो फोन बाँकी विश्वले पनि प्रयोग गर्न पाउनुपर्छ भनी पिटिसन जारी गरिएको छ । यसमा हालसम्म हजारौं ग्याजेटप्रेमीहरुले हस्ताक्षर गरिसकेका छन् ।



JUNGLE






from the
city



२.जेडटीई एक्जन २० फाइभ जी
जेडटीई पनि ह्वावेको जस्तै उचाइमा पुग्न लागेको थियो । तर कम्पनीले सोही बेला विश्वकै पहिलो यस्तो ह्याण्डसेट सार्वजनिक गर्यो, जसको अन्डर डिस्प्लेमा सेल्फी क्यामेरा थियो । नोच, पिन होल, कट आउट्स र पप अप क्यामेरालाई घृणा गर्नेहरुका लागि यो फोन एकदमै राम्रो छ । यसको स्क्रीन प्रविधिमा चातुर्यता प्रयोग भएको देख्न सकिन्छ । यसमा स्क्रीनभित्र लेन्स यसरी लुकाइएको छ कि डिस्प्ले सफा देखिन्छ। कतै पनि लेन्सको नाम निशाना देखिन्न । यसअघि ओप्पो र साओमीले पनि यस्तै सबस्क्रीन सेटअपको प्रोटोटाइप भर्सन सार्वजनिक गरेको थियो । तर एक्जन ट्वान्टी फाइभजी पहिलो कमर्सियल रिलिज फोन हो । यो फोन चीनमा मात्र उपलब्ध छ ।
३.ओप्पोको पोर्टलेस फोन
ओप्पोको एउटा अचम्मको नाम नभएको प्रोटोटाइप छ । तर हालसम्म सेलमा लाने कम्पनीले कुनै संकेत नै दिएको छैन । यो फोनको फीचर भनेको यसमा कुनै पनि प्वाल, पोर्टहरु छैनन् । यो स्मार्टफोनमा चार्जिङ पोर्ट, बटन, भिजिबल स्पिकर, नोच, कट आउट्स केही पनि छैन । यसमा अन्डर डिस्प्ले सेल्फी क्यामेरा र भोल्युम बटनका लागि क्यापटिभ सेन्सर छन् । फोनलाई सफा राख्नका लागि कम्पनीले यस्ता नयाँ अन्वेषणयुक्त आइडियाहरु ल्याएको हो । यसमा वायरलेस चार्जर ३० वाटको छ । मेन रियर क्यामेराका लागि बनाइएको कटआउट भने देख्न सकिन्छ । यद्यपि यसको फ्लसले यसलाई स्मूथ बनाउन सहयोग गरेको छ । यो अहिलेसम्मकै स्मूथ फोन हो ।
४.रियलमी एक्स सेभेन
रियलमी एक्स सेभेन एमआई टेन, अल्ट्रा जस्तो शक्तिशाली त छैन तर चीनमा मात्र पाइने यो एउटा क्रेजी लुक्स भएको फोन हो । यो फोन दुई टोनको आई सर्चिङ कलरमा आएको छ । रंगको समायोजनको कारण यो एकदमै आँखाको लागि आकर्षक छ । यसको रंग समायोजन हेर्दा निलो र गुलाबी रंगको मिसावट जस्तो देखिन्छ ।
५.साओमी रेडमी के थर्टी अल्ट्रा
साओमीको एम थर्टी अल्ट्राप्रति विश्वको चाहाना बढिरहेको बेला कम्पनीले रेडमी के थर्टी अल्ट्रा नामको अर्को फोन सार्वजनिक गरेको छ, जसको अन्वेषक कूलिङ सिस्टमका कारण भीडभन्दा भिन्न बन्न पुगेको छ । यसमा ठूलो कप्पर भ्यापर च्याम्बर कुलिङ सिस्टम रहेको छ । यसले मेडियाटेक डाइमेन्सिटी हजार प्लस शक्तिशाली प्रोसेसरको तापलाई सोस्नेछ । यो फोनको फिचरको कुरा गर्दा यसमा ४५०० एमएएचको ब्याट्री, क्वाड कोर क्यामेरा, १२० हर्ज स्क्रिन र २२ वाटको चार्जर रहेको छ ।