पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भदौ १, काठमाडौँ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने हुदाँ विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो ।

यसका लागि कक्षा १० सम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ शैक्षिक क्यालेन्डरमा समेत मिलाएर अहिलेको शैक्षिक सत्र खेर जान नदिने गरी तयारी सुरु गरेको जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण कहिले अन्त्य हुन्छ भन्ने कुरा यकिनका साथ कसैले पनि भन्न नसकेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तर गर्न पनि शैक्षिक सत्रको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।

विद्यार्थीले अध्ययन गर्ने एउटै कक्षाका कतिपय विषयवस्तु एक अर्को विषयसित मिल्ने भएकाले त्यसलाई मिलाएर अगाडि बढ्न सकिने र केही पाठ्यक्रम सङ्कुचन गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु