नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष ‘एसोसियट प्लेयर अफ द डिकेड’ को मनोनयनमा परेका छन्। आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न विधाका खेलाडीलाई सम्मानित गर्न लागेको हो। आईसीसीले स्पिरिट अफ क्रिकेट, आईसीसी एसोसियट क्रिकेटर, आईसीसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला क्रिकेटर, टेस्ट क्रिकेटरलगायत विधाको मनोनयन सार्वजनिक गरेको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो। आईसीसीले अवार्ड मिति भने तोकेको छैन। आईसीसीको एसोसिएट राष्ट्रका खेलाडीको विधामा पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचीमा छन्। पारसले यो एक दशकमा नेपाली क्रिकेटलाई उकास्न ठूलो भूमिका खेलेका छन्। उनले नेपाली पुरुष टिमलाई डिभिजन ५ देखि एक दिवयसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउनेसम्म ठूलो मिहिनेत गरेका छन् । पारसको कप्तानीमा नेपालले पहिलो पटक टी–२० विश्वकप २०१४ मा खेलेको थियो।



JUNGLE






from the
city



आईसीसीले पुरुषतर्फ प्लेयर अफ द डिकेडमा भारतीय कप्तान विराट कोहली र स्पिनर रविचन्द्रन अश्विन, इंग्ल्यान्डका जोए रुट, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, श्रीलंकाका कुमार संगाकारा, अस्ट्रेलियाका स्टिभ स्मिथ र न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई मनोनित सूचीमा पारेको छ। त्यस्तै, पुरुषतर्फको दशकको सर्वोत्कृष्ट खेलाडीको सूचीमा कोहली, रुट, विलियमसन, स्मिथ, इंग्ल्यान्डका बलर जेम्स एन्डरसन, श्रीलंकाका रंगना हेराथ र यासिर शाहको नाम सामेल छ। आईसीसी महिला खेलाडीतर्फ ‘प्लेयर अफ द डिकेड’का लागि अस्ट्रेलियाका एलिसे पेरी र मेग लेनिंग, न्युजिल्यान्डकी सुजी बेट्स, वेस्ट इन्डिजकी स्टेफेनी टेलर, भारतकी मिताली राज तथा इंग्ल्यान्डकी सारा टेलर मनोनयन भएका छन्।
त्यसैगरी, डिभिलियर्स, भारतका कोहली, रोहित शर्मा र महेन्द्र सिंह धोनी, श्रीलंकाका लासिथ मालिंगा र सांगकारा तथा अस्ट्रेलियाका मिचेल स्टार्क वानडे अन्तर्राष्ट्रिय ‘प्लेयर अफ द डिकेड’ विधामा मनोनित भएका छन्। त्यस्तै, कोहली, रोहित, मालिंगा, अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका इमरान ताहिर, अस्ट्रेलियाका आरोन फिन्च र वेस्ट इन्डिजका क्रिस गेललाई टी–२० अन्तर्राष्ट्रिय ‘प्लेयर अफ द डिकेड’का लागि मनोनित गरिएको छ।